रोल्पा प्रहरीद्वारा लागुऔषध अफिम खेती नष्ट

रोल्पा प्रहरीले अवैध रुपमा लगाएको लागु औषधका रुपमा प्रयोग हुने अफिमका वोटहरू नष्ट गरेको छ । शुक्रवार जिल्लाको थवाङ गाउँपालिका वडा नम्वर १ स्थित याङचवाङमा झन्डै १ कठ्ठा जमिनमा लगाईएको अफिमका वोटहरू नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी नायव निरीक्षक हरी बहादुर खड्काको कमाण्डमा खटिएको ७ जनाको प्रहरीको टोलीले मानव बस्ती भन्दा ५ किलोमिटर दुरीमा रहेको बाँझो जमिनमा लगाईएको अफिम नष्ट गरेको सुचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनु भएको छ ।

उक्त अफिम कसले लगाएको भन्ने वारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । यसअघी पनि रोल्पा प्रहरीले विभिन्न स्थानमा अवैध रुपमा लगाईएका लागुऔषध गाजाका वोटहरू नष्ट गरेको बताईएको छ ।

प्रतिक्रिया