गोकुलगंगामा रोपियो जुम्लाको मार्सी धान

रामेछाप । जिल्लाको उच्च पहाडी क्षेत्र गोकुलगंगा गाउँपालिकामा पहिलो पटक जुम्लाको मार्सी धान रोपिएको छ । गाउँपालिकाको १८ सय मिटरको उचाईमा रहेको रस्नालु लगायतको आसपासको क्षेत्रमा पहिलो पटक मार्सी धान लगाइएको हो ।

गाउँपालिकाले यस बर्ष किसानहरुको लागि पाँच सय किलो मार्सी धान जुम्लाबाट खरिद गरेर ल्याएर वितरणा गरेकाे छ ।  गाउँपालिकाले किसानहरुलाई निशुल्क रुपमा मार्सी धानको विउ वितरण गरेको हो ।

प्रतिक्रिया