रामेछाप जिल्लामा तीन अर्ब चार करोड बढी बजेट (कुन पालिकालाई कति ? हेर्नुहोस)

रामेछाप । आगामी आर्थिक वर्षका लागि रामेछाप जिल्लाले तीन अर्ब चार करोड रुपियाँ बढी बजेट पाउने भएको छ । सरकारले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकाको लागि आगामी आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब चार करोड ५३ लाख रुपियाँ बजेट विनियोजना गरेको छ । जिल्लामा सबैभन्दा बढी बजेट मन्थली नगरपालिकाले पाउने भएको छ भने सवैभन्दा कम उमाकुण्ड गाउँपालिकाले पाउने भएको छ ।

आगामी वर्षका लागि जिल्लाको मन्थली नगरपालिकाले ५८ करोड ५७ लाख रुपियाँ, रामेछाप नगरपालिकाले ४३ करोड २७ लाख रुपियाँ, उमाकुण्ड गाउँपालिकाले २९ करोढ ४२ लाख रुपियाँ, खाँडादेवी गाउँपालिकाले ४१ करोड ४८ लाख रुपियाँ बजेट पाएका छन् ।

यस्तै जिल्लाको गोकुलगंगा गाउँपालिकाले ३२ करोड २१ लाख रुपियाँ, दोरम्बा शैलुङ गाउँपालिकाले ३३ करोड ९० लाख रुपियाँ,लिखुतामाकोशी गाउँपालिकाले ३५ करोड ३० लाख रुपियाँ र सुनापति गाउँपालिकाले ३० करोड ३८ लाख रुपियाँ बजेट पाएको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा मन्थली नगरपालिकाले ५७ करोड ५९ लाख रुपियाँ, रामेछाप नगरपालिकाले ४१ करोड ३ लाख रुपियाँ,उमाकुण्ड गाउँपालिकाले ३१ करोड ६८ लाख रुपियाँ, खाँडादेवी गाउँपालिकाले ४० करोड १९ लाख रुपियाँ,गोकुलगंगा गाउँपालिकाले ३३ करोड २४ लाख रुपियाँ,दोरम्बा गाउँपालिकाले ३४ करोड १५ लाख रुपियाँ, लिखुतामाकोशी गाउँपालिकाले ३२ करोड ९ लाख रुपियाँ र सुनापति गाउँपालिकाले २९ करोड ५५ लाख रुपियाँ बजेट पाएको थियो ।

प्रतिक्रिया