सुर्खेत । कर्णाली प्रदेश सरकारमा थपिएका कांग्रेसका दुईजना मन्त्रीले आज शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठले शपथ लिएका हुन् ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सोमबार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । दुवै जना नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् ।