नेकपा माओवादी केद्रद्वारा सुनपति गाउँपालिकामामा स्वास्थ्य सामाग्री हस्तान्तरण

सुनपति(रामेछाप) । नेकपा माओवादी केन्द्रले रामेछापको सुनपति गाउँपालिकाका ठूलो मात्रामा स्वास्थ्य सामग्री हस्तानतरण गरेको छ ।
जनताको दुःखको साथी माओवादी भन्ने अभियान स्वरुप माओवादी केन्द्र सुनपतिले ठुलो परिमाणमा स्वास्थ्य सामाग्री जनप्रतिनिधि मार्फत सुनपतिबासी लाई उपलब्ध गराइएको हो

नेकपा माओवादी केन्द्र सुनपति गाउँपालिका वडा कमिटि अध्यक्ष अध्यक्ष तथा परिचालन समितिको संयोजकले संयुक्त रुपमा गाँउपालिका अध्यक्ष धावा लामा लगायत अन्य जनप्रतिनिधिहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो
स्वास्थ्य सामाग्री हस्तान्तरण को क्रममा नेकपा माओवादी केन्द्रको नेता टंकलाल घिसिङ (टलक) ले जनस्वास्थ्यप्रति गम्भिर चासोका साथ सामाग्री सहित वृहत परिचालानको कार्यक्रम बनाएको बताउनुभयो । उहाँका अनुसार गाउँमा फैलिएको कोरोनाका कारण कसैलाई पनि केहि नहोस भन्ने हेतुका साथ नेकपा माओवादी केन्द्रका आफू लगाएत विभिन्न सहयोगी मनहरुको सहयोगमा उक्त सामग्री हस्तान्तरण गरेको बताउनुभयो ।


सुनपति गाउँपालिकाका पाँच वटै वडाहरुमा नेकपा माओवादीले उक्त समाग्री ब्यवस्थापनका लागि परिचालन समिति समेत गठन गरेको थियो । जस्को संयोजकहरु क्रमश वडा नं १ मा कर्णखर चौलागाई, वडा नं २ मा होमराज खपाङ्गी मगर, वडा नं ३ मा रोज थिङ, वडा नं ४ मा हिरालाल तामाङ, वडा नं ५ मा ईलक सिं ग्यापक रहेको छ । माओवादी केन्द्र सुनपतिले पालिका तथा पाँच वटै वडामा कोभिड स्वास्थ्य ईकाई समेत स्थापना गरेको छ । पाँच वटै वडाहरुमा यस ईकाईले महामारी नियन्त्रण गर्न जनचेतना फैलाउने, विरामी लाई आवश्यक औषधि उपलब्ध गर्ने, स्वास्थ्यकर्मी सँग परामर्शको लागि सहजीकरण गर्ने, आपतकालिन अवस्थाको लागि अक्सिजनको भरपुर उपलब्ध गराउने, एम्बुलेन्स लगायत सवारीसाधन चुस्त रुपमा सम्पर्क गर्ने गराउने काममा खटिने जानकारी प्राप्त भएको छ । सुनपतिले पार्टी केन्द्रको महामारी नियन्त्रण सम्बन्धी निर्णयलाई कृयान्वयन गर्ने क्रममा बागमती प्रदेशमै पहिलो पहलकदमी लिएकोमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरु सबै परिचालन गरिएको नेकपा माओवादी केन्द्रको नेता टंकलाल घिसिङ (टलक)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार हस्तान्तरण गरिएको सामाग्रीमा माक्स ७५००० पिस,
साबुन १५००० थान, सेनिटाइजर २०० लिटर, थर्मोमिटर २५०० पिस, अक्सोमिटर ५० पिस, अक्सिजन सिलिन्डर ठुलो ५ थान ४० लिटरका, अक्सिजन सिलिन्डर मिडियम ५ सिलिन्डर १०लिटरको,
अक्सिजन कन्सट्रेटर मेसिन थान ८ , नर्मल बेड २ सेट
, ट्रली बेड १ सेट, हस्पिटल फोल्डिङ बेड १० सेट, स्लाइन स्ट्यान्ड ५ थान, अक्सिजन ट्रली १ थान्, पानी तताउने इलेक्ट्रिक जग ४० थान्, टि भी स्ट्यान्ड १२ थान् , म्याट्रेस १३ थान्,
सिरानी १३ थान्, बेड कभर १३ थान्, डस्ट्बिन २५ वटा, अक्सिजन सिलिन्डर रेगुलटर १० थान्, पि पि ई सेट १०० पिस, । सन्क्रमितको लागि पोषिलो गेडागुडि ६०० किलो, जानचेतना जगाउने फ्लेक्स प्रिन्ट १०० वटा लगायतका सामग्री हस्तान्तरण गरिएको समाज सेबी तथा नेता बिबि तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया