एमाले समाजवादीकाे केन्द्रीय सदस्यमा रामेछापका पौडेल

रामेछाप । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजितभइ पूर्व प्रधानमन्त्री माधवकुमार नेपालकाे नेत्रित्वमा ९५ सदस्यीय नेकपा एमाले (समाजवादी) गठन भएकाे छ । नवगठित पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा रामेछापबाट देवशकंर पौडेल प्रतिनिधित्व गरेका छन् ।

तत्कालिन नेकपा एमालेकाे नेपाल समुह रामेछापका इन्चार्ज समेत रहेका पाैडेल नेपाल नेतृत्वको नयाँ पार्टीमा केन्द्रीय सदस्य भएका हुन् ।

यसअघि पनि पौडेल एमालेको केन्द्रीय सदस्य रहेका थिए ।

माधव नेपाल नेतृत्वको नवगठित नेकपा एमाले (समाजवादी) काे केन्द्रीय सदस्यमा रामेछापबाट पौडेल मात्र समावेश भएका छन् ।

प्रतिक्रिया