कठजोरको रूपान्तरण गर्ने स्वतन्त्र उमेदवारको दाबी

रामेछाप । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जिल्लाको मन्थली नगरपालिका वडा नं ३ कठजोरको वडा अध्यक्षका स्वतन्त्र उमेदवार राजु बुढाथोकीले वडाको रूपान्तरणका लागि आफुले उमेदवारी दर्ता गराएको दाबी गरेका छन् । 

गोकुलगंगा अनलाइन संग कुरा गर्दै बुढाथोकीले वडालाई राजनीतिको फोहरी सट्टापट्टाबाट टाढा राखेर रूपान्तरणका लागि काम गर्ने दाबी गरेका हुन् । 

लामो समयदेखि गाउँको विकासका लागि धेरैले धेरै थरीका काम गर्ने प्रतिबद्धता आएपनि पूरा हुन नसक्नु दुखद भएको भन्दै उनले अब पार्टीमा सरोकार नराखि वडाको विकास गर्नुपर्ने जिकिर गरे । उनले सबै दलहरू एकातर्फ र अर्कोतर्फ आफ्नो स्वतन्त्र उमेदवारी रहेकाले सफल हुने उल्लेख गरे । 
वडा अध्यक्ष पद सहितको पुरै टिम बनाएर स्वतन्त्र उम्मेदवारी दिएका बुढाथोकीले धारो चुनाव चिह्न रोजेका छन्। शनिबार मुख्य निर्वाचन कार्यालयले चुनाव चिह्नको टुंगो लगाए संगै उनले भने अब चुनाव चिन्ह पनि फाइनल भयो अब हाम्रो चुनावी अभियान शुरु भैसकेको छ । भोलिदेखि घरदैलो कार्यक्रम समेत अगाडि बढाउछौ । साथै सम्पुर्ण वडा बासीलाई धारो चिन्हमा मतदान गरि स्वतन्त्र प्यानललाई विजयी गराउन अनुरोध गरेका छ्न ।

प्रतिक्रिया