गोकुलगंगा गाउँपालिका ४, बेतालीमा कांग्रेसको प्यानलै बिजयी

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीमा कांग्रेसको प्यानलै बिजयी भएको छ।

रामचन्द्र बस्नेत नेतृत्वको टिम गएराति सम्पन्न मतगणनामा बिजयी भएको हो । गत शुक्रबार भएको मतदानमा त्यहाँ नेकपा एमालेका उम्मेद्वारलाई फराकिलो मतान्तरमा कांग्रेसका उम्मेद्वारले हराएका हुन् ।

गोकुलगंगामा वडा नं १ चुचुरे, २ ठोसे र ४ बेताली नेपाली कांग्रेसले जितहाँसिल गरेको छ । भने वडा नं ३ रस्नालु एमालेले जितेको छ । योसंगै उक्त पालिकामा पालिका प्रमुखमा नेपाली कांग्रेसका काजीबहादुर खड्का (दिनेश) ले फराकिलो मतान्तर पारेका छन् ।

प्रतिक्रिया