गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

रामेछाप । गोकुलगंगा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्का (दिनेश) विजयी भएका छन् । खड्काले एमालेका उम्मेदवार खड्गबहादुर सुनुवारलाई पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार खड्काले ६ हजार ९३ मत प्राप्त गरी अध्यक्षमा विजयी हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी सुनुवारले ४ हजार ७ सय १० मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै उषादेवी कार्की विजयी भएकी छिन् । कार्की ५ हजार २ सय ५३ मत पाएर विजयी भएकी हुन् । कार्कीकी प्रतिस्पर्धी एमालेकी राधिका नेवार श्रेष्ठले ४ हजार ६ सय ८६ मत पाएकी थिइन् ।

यसअघि एक कार्यकाल निर्वाचित भएर काम गरिसकेका खड्ग सुनुवारलाई एमालेले अध्यक्षमा र उपाध्यक्षमा राधिका श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । तर, यो पटकको निर्वाचनमा दुवै जना पराजित भएका छन् । गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको थियो । गत निर्वाचनमा जितेकै आधारमा एमालेले सुनुवार र श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको थियो ।

यस्तै, ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा चार वटा वडामा कांग्रेस र दुई वटा वडामा एमालेले विजयी हासिल गरेको छ ।

प्रतिक्रिया